लुम्बिनीबारे मुख्यमन्त्री र डा. क्वाकबीच भेटवार्ता

प्रदेश मुख्य समाचार

रुपन्देही, १० वैशाख, २०७६ । मुख्यमन्त्री शंकर पोखरेललाई लुम्बिनी विश्व शान्ति नग्रामाका परिकल्पनाकार, योजनाकार प्राध्यापक डा. क्वाक योङ हुनबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा प्राध्यापक डा. क्वाकले लुम्बिनी विश्व शान्तिग्रामाका बारेमा जानकारी गराए । उनले लुम्बिनीलाई विश्वकै आकर्षक शान्ति शहर बनाउन सकिने योजना कार्यान्वयनमा अग्रसर हुन मुख्यमन्त्रीलाई अनुरोध गरका छन् ।

क्वाकले अघि सारेको लुम्बिनी विकासको योजना अहिलेको लुम्बिनी विकास कोषले काम गरिरहेको क्षेत्र भन्दा बाहिरको हो । बौद्ध दर्शनमा आधारित रहेर निर्माण गर्न लागिएको शान्ति शहर बौद्ध धर्माबलम्बीका लागि मात्रै नभएर सबैका लागि आकर्षक बनाउने र लुम्बिनीको महत्त्व बढाउने खालको रहेको डा. क्वाकको भनाई छ ।

भेटमा मुख्यमन्त्रीले लुम्बिनी विकास कोष क्षेत्र संघीय सरकारसँग रहेको र त्यसभन्दा बाहिरको क्षेत्र प्रदेशलाई जिम्मा दिन माग गरेको बताए । संघीय सरकारले जमीन एकीकृत गरी अघि बढ्न प्रदेश सरकारलाई अधिकार दिए प्रक्रियामा अघि बढ्न सकिने उनले बताए । उनले लुम्बिनीको विकासका लागि डा.क्वाकको चासोको प्रशंसा गर्दै भेटेर कुरा गर्न पाउँदा खुशी लागेको बताए ।