रिना मृत्यु प्रकरणः छोरा भन्छन्, ‘ममी र मलाई कमलले पैसा दिन्थें’

मुख्य समाचार विषेश समाचार समाज

पथरी संवाददाता, मोरङ, १० वैशाख, २०७६ । पूर्वी मोरङको पथरी बजारमा वैशाख ७ गते शनिबार बिहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नग्न अवस्थामा शव घोप्टो परेको थियो । शवको नजिकै रगत पनि बगिरहेको थियो ।

सुरुवातमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न सकेनन् । त्यसपछि प्रहरी आएपछि हेर्दा पथरीशनिश्चरे– १ मा डेरा गरी बस्ने २९ वर्षीया रिना खड्का बस्नेतको विभत्स शव भएको थाहा पाए । स्थानीय वीरबहादुर बस्नेतको घरको तेस्रो तल्लामा डेरामा बस्दै आएकी रिनाको हत्या हो की आत्महत्या भन्ने बारेमा खुल्न सकेको छैन ।

रिनाका १४ वर्षे छोरा साइमनसँग डेरामा बस्दै आएकी उनी सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । छोरा साइमन र स्थानीयका अनुसार रिनालाई फोन अत्याधिक आउने गरेको थियो । कमल नेपाल नाम गरेका ब्यक्तिले पटक पटक ममीलाई फोन गर्ने गरेको छोरा साइमनले बताए । ती ब्यक्तिलाई रिनाले भेट्ने गरिकी थिइन्। ती ब्यक्तिले ममी र आफूलाई पैसा पनि दिने गरेको साइमन सम्झन्छन् । मोबाइल, ट्याव, लुगा किन्नसमेत पैसा दिने गरेको उनले खुलाए । ममीले अंकल भनेर कमल नेपाललाई चिनाएको उनी बताउछन् । अन्तिमको ५३ नम्बरबाट फोन पटक पटक आउने गरेको उनको भनाई छ । ‘जतिचोटी काट्यो त्यति पटक फोन गर्ने गरेका थिए’ साइमनले भने ।

ममीलाई फोनसँगै भिडियो कलसमेत गर्ने गरेको उनले सुनाए । ‘भिडियो कल आउँदा ममीले लुकाउनु हुन्थ्यो’ उनले भने– ‘मैले थाहा पाउँछु भनेर पटक पटक मोबाइलको लक परिवर्तन
गर्नुहुन्थ्यो ।’ ती ब्यक्तिले नै राती अबेरसम्म ममीलाई फोन गरेको र रीना दिउँसैदेखि तनावमा रहेको छोरा साइमनले बताउँदै आएका छन् । साइमनले ममीले वियर खाएर सुतेको भए पनि राती के भयो भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् ।

रीनाको शव पोष्टमार्टमका लागि धरान लगिएको भए पनि रिपोर्ट आउन केही दिन लाग्छ । रीनाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।