भेटिएको नगद सम्बन्धित व्यक्तिलाई फिर्ता

ट्राफिक/प्रहरी मुख्य समाचार

भक्तपुर, ८ वैशाख, २०७६ । भक्तपुर नगरपालिका वडा नं. १ कालोपाटीमा प्रहरीले फेला पारेको पर्समा रहेको झण्डै १५ हजार नगदसहित कागजात सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार फेला पारेको पर्ससहितको कागजात आइतबार सम्बन्धित व्यक्तिलाई परिसरमा बोलाई हस्तान्तरण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पुरुष ब्यक्तिले बोक्ने पर्स फेला पारी सम्बन्धित धनीको खोजतलास गर्दा भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने वर्ष २८ को अनिश शाक्यको भएको पुष्टी भएपछि शाक्यलाई बोलाई हस्तान्तरण गरेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए । पर्सभित्र रहेको नगद १४ हजार ६ सय ६८ रुपैयाँंसहित सुनको टप १ थान र सवारी चालक अनुमति पत्रलगायतका महत्वपूर्ण कागजपत्रहरु सम्बन्धित धनीलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट हस्तान्तरण गरिएको जनाइयो ।