उपमहानगरका कारण गौतम बुद्ध विमानस्थलको काम प्रभावित

पर्यटन मुख्य समाचार

रुपन्देही, ७ वैशाख, २०७६ । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थको निकासीमा रोक लगाएपछि निर्माणधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कार्य प्रभावित हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले विमानस्थल आयोजनाका लागि तिनाउ नदीको मिलनचोक घाट (मगरघाट) बाट नदीजन्य पदार्थ निकाल्नका लागि विमानस्थलमा नदीजन्य पदार्थ आपूर्ति गर्ने स्वसाम कन्स्ट्रक्सन कम्पनीलाई ०७५ चैत ८ गते २०७५/०७६का लागि सहमती दिएको थियो । तर, प्रशासकीय अधिकृत सिग्देलको सरुवा पश्चात आएका प्रमुख कार्यकारी अधिकृत चक्रपाणि शर्माले दररेट र विविध कारणले नदीजन्य पदार्थ निकासीमा रोक लगाएपछि नदीजन्य पदार्थको आपूर्ति गर्न नसकिएको स्वसाम कन्सट्रक्सन कम्पनीले जनाएको छ ।

प्रदेशको आर्थिक ऐन अनुसार ६ रुपैया प्रति घन फिट तोकेको दररेटमा २०७६ जेष्ठ मसान्तसम्म निकासीका लागि अनुमति आयोजनाहरुलाई अनुमति दिएअनुसार उपमहा नगरपालिकासँग सम्झौता भएको हो । रोयल्टी र भ्याट बुझाएको भए पनि अहिले एयरपोर्ट सञ्चालनको मुखमा आइसक्दा सम्झौता विपरितको कुरा गर्दै नगरपालिकाले नदीजन्य पदार्थ निकाल्न अवरोध गरेको स्वसाम कन्स्ट्रक्सन कम्पनीका सुनिल जंग रायमाझीले बताए ।

विमानस्थलको प्यारामिटर सडक, इन्ट्री र एक्जिट प्वाइन्ट लगायत धेरै संरचना बनाउनु पर्ने छ । जसका लागि नदीजन्य पदार्थ निकै आवश्यकता छ, विमानस्थल सञ्चालनको लागि डेटलाइन नजिकै पुगेको अवस्थामा नदीजन्य पदार्थ निकासीमा रोक लगाउँदा आयोजनालाई ठूलो समस्या परेको रायमाझीले बताए ।

Loading...