बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

मुख्य समाचार समाज

धादिङ, ७ वैशाख, २०७६ । कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । धादिङेबेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ८६६७ नम्बरको बसले शुक्रबार पैदलयात्रुलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करबाट सोही ठाउँका ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमा नै मृत्यु भएको छ ।

ठक्कर दिने बस र बसको चालक नीलकण्ठ नगरपालिका वडा नं ८ का गणेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा राखेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।