भैरहवामा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप

मुख्य समाचार राजनीति

रुपन्देही, ६ वैशाख, २०७६ । धर्म निरपेक्षता विरुद्ध कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भैरहवामा ‘धर्म निरपेक्ष’ लिखित व्यानर जलाएका छन् । राप्रपा रुपन्देहीको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो १ बजे धर्म निरपेक्षता खारेज गर्न माग गर्दै व्यानर जलाएर प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा प्रहरीले व्यानर जलाउँदा हस्तक्षेप गरेपछि कार्यकर्ता र प्रहरीबीच केही समय हस्तक्षेप र झडप भएको थियो । प्रहरीले कार्यकर्ताहरुको व्यानर नियन्त्रणमा लिएपछि नाराबाजी गर्दै कार्यकर्ताहरुले कागजमा धर्म निरपेक्षता लेखेर जलाएका थिए ।

पार्टीले धर्म निरपेक्षताको खारेजी र हिन्दू राष्ट्रको माग राख्दै धर्म सापेक्ष सनातन हिन्दूरास्ट्र कÞायम गर्न दबाव दिन कार्यक्रम आयोजना गरिएको रुपन्देही जिल्ला अध्यक्ष सागर राणाले बताए ।