नेपाल समाचारपत्रका प्रधान सम्पादक श्रेष्ठको निधन

मुख्य समाचार सूचना प्रविधि

काठमाडौं, ४ वैशाख, २०७६ । कामना न्युज पब्लिकेसन प्रा.लि. (नेपाल समाचारपत्र) का अध्यक्ष तथा प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ । २०७६ वैशाख ४ गते बिहान ११ बजेर ४९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा श्रेष्ठको निधन भएको हो ।

‘करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए’ कामना न्युज पब्लिकेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।