बँदेलको आक्रमणबाट ८ जना घाइते

मुख्य समाचार समाज

सर्लाही, ३ वैशाख, २०७६ । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बँदेलको आक्रमणबाट स्थानीय ८ जना घाइते भएका छन् । मकै खेतमा पसेको बँदेललाई लखेट्ने क्रममा उल्टै बँदेलले स्थानीयमाथि आक्रमण गरेको थियो ।

बदेलको आक्रमणबाट गाउँपालिका वडा नं. ७ सगरदिना टोला निवासी ६० वर्षीय रामइश्वर राय, १४ वर्षीय मनिष कुमार महतो, १५ वर्षीय संजय साह, ४५ वर्षीय राजेन्द्र राम, ६५ वर्षीय भुइल महतो, ३० वर्षीय सुजित महतो, रामनरेश महतो एवं वडा नं. ८ औरही निवासी राम नरेश राय बँदेलको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छेउको चौरमा क्रिकेट खेल्दै गरेका युवाहरुले लखेट्ने क्रममा बँदेलले उनीहरुलाई आक्रमण गरेपछि सहयोगका लागि गएका अन्य स्थानीयलाई समेत दाराले हिर्काएको प्रहरीले जनाएको छ । बँदेल धपाउँन गाउँबाट आएका रामइश्वर, राजेन्द्र र भुइललाई पनि बँदेलले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

Loading...