कृषि तथा वनविज्ञान विश्वविद्यालयका ६ विद्यार्थी निष्काशित

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, ३ वैशाख, २०७६ । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले कृषि संकायका सहायक डीन प्राध्यापक विष्णु ओझा माथि दुर्व्यवहार गर्ने ६ जना विद्यार्थीलाई निष्काशन गरेकाे छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले प्राध्यापक ओझा माथि मोसो दलेर जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको हाे ।

प्राध्यापक ओझा माथि दुर्व्यवहार गर्ने छैटौं सेमेष्टरका विद्यार्थीलाई ६० दिनका लागि निष्काशन गर्ने निर्णय गरेकाे विश्वविद्यालयले जनाएकाे छ । निष्काशनमा पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।

उनीहरुले गत चैत २१ गते विश्वविद्यालयका सहायक डीन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै मोसो दलेर जुत्ताको माला लगाइदिएका थिए ।

प्रजातन्त्रवादी प्राध्यापक संघले विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।