कांग्रेस नेता गोपालमानले चुनावमा टिकट बिक्री गरेको भन्दै कार्वाहीको माग

मुख्य समाचार राजनीति विषेश समाचार

स्याङ्जा, २ वैशाख, २०७६ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई २०७४ मंसिरमा सम्पन्न संघ र प्रदेश निर्वाचनमा पार्टीको उम्मेदवारलाई टिकट बिक्री गरेको आरोप लागेको छ । निर्वाचनमा राम्रालाई भन्दा हाम्रालाई टिकट बिक्री गरेको आरोपमा नेपाली कांग्रेस महासमिति सदस्य भोजराज अर्यालले पार्टीको केन्द्रीय अनुशासन समितिमा कार्वाहीका लागि उजुरी हालेका हुन् ।

लामो समय पार्टीको काम गरेको र नेतृत्व लिने बेलामा गुटबन्दीको शिकार बन्नु परेकाले आफूले कार्वाहीका लागि उजुरी हालेको अर्यालले बताए । ‘पार्टीको नाम लोकतान्त्रिक, काम अलोकतान्त्रिक,’ उनले भने, ‘पार्टीको विचार, सिद्धान्त र नीतिलाई प्रधान हो भने गोपालमानलाई कार्वाही गर्नुपर्छ ।’

प्रदेश निर्वाचनमा उम्मेदवार बन्नका लागि गोपालमानले आफूसँग मोटो रकम माग गरेको उनले उजुरी पत्रमा उल्लेख गरेका छन् । रकम मागेको आरोप लगाए पनि अर्यालले कति रकम हो भने खुलाएका छैनन् ।