चन्द्रागिरी नगरपालिका लेखाअधिकृत घुस रकमसहित पक्राउ

आजको बजार मुख्य समाचार

काठमाडौँ, २ वैशाख, २०७६ । चन्द्रागिरी नगरपालिकाको कार्यालय, बलम्बु, काठमाडौंमा कार्यरत लेखाअधिकृत प्रकाशचन्द्र भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । लेखा अधिकृत भट्टराई सेवाग्राहीसँग बीस हजार घुसबापतको रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ परेका हुन् ।

भट्टराईले सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेका थिए । सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले भट्टराईलाई कार्यालय परिसर बाहिरबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका भट्टराईमाथि अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

Loading...