अवैध विदेशी मुद्रासहित पोल्याण्डका दुई नागरिक पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौं, २ वैशाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रासहित पोल्याण्ड नागरिक पक्राउ परेका छन् । २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्कीलाई विमानस्थलबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेज जाँच गर्ने क्रममा माक्सीको साथबाट युएस डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएस डलर ६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई उक्त मुद्रासहित आवश्यक कारवाहीका लागि राजश्व विभाग हरिहर भवन पुलचोक पठाइएको प्रहरीले जनाएको छ ।