दिलिप र प्रियंका पहिलो पटक एकै म्यूजिक भिडियोमा

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, २ वैशाख, २०७६ । नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीले पहिलो पटक म्यूजिक भिडियोमा एकसाथ अभिनय गरेका छन् । गायक प्रताप दास र मेलिना राईको स्वर रहेको ‘पशुपतिमा सुनको गजुर…’ बोलको गीतमा पहिलो पटक उनीहरुले सँगै काम गरेका हुन् ।

दिलिप रायमाझी र प्रियंका कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयाँ म्यूजिक भिडियोमा पहिलो पटक देख्न सकिन्छ ।

यस गीतलाई पहिलो नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत संगीतमा आफूलाई चम्काइरहेकी गायिका मेलिना राईले स्वर दिएका छन् ।

यो गीतमा दुर्गा खनाल घिमिरेको शब्दलाई बसन्त सापकोटाले संगीत दिएका छन् । यस गीतलाई चलचित्र क्षेत्रका एक्सन डाइरेक्टर चन्द्र पन्तले डिइरेक्सन गरेका छन् । भिडियोलाई अहिलेका व्यस्त र सफल गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला