अब ७० वर्ष माथिका ज्येष्ठ नागरिककाे निःशुल्क स्वास्थ्य बीमा

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, १ वैशाख, २०७६ । सरकारले आजदेखि ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिककाे निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा गृहमा आयाेजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई कार्ड वितरण गरी बीमा कार्यक्रमकाे शुभारम्भ गरे ।

प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिककाे स्वास्थ्य राज्यकाे प्राथमिकतामा रहेकाले ज्येष्ठ नागरिककाे निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएकाे बताएका छन् ।

ज्येष्ठ नागरिकले स्वास्थ्य बीमा गरेबापत वार्षिक एक लाख रुपैयाँसम्मकाे उपचार सेवा पाउने छन् । यसका लागि उनीहरुले कुनै प्रिमियम तिर्नु पर्दैन । उपचारमा सबैकाे पहुँच बढाउन तथा आर्थिक अभावमा कसैकाे मृत्यु नहाेस् भन्ने उद्देश्यका साथ बीमा सुरु गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताए ।

Loading...