सर्लाहीमा आज पनि असिनापानी र हुरीबतास, बालीनालीमा क्षति

कृषि मुख्य समाचार

सर्लाही, १ वैशाख, २०७६ । आइतबार राती आएको असिनापानी र हुरीबतासले सर्लाहीका विभिन्न क्षेत्रको बालीनालीमा क्षति पुर्याएको छ । मेघगर्जनसहित परेको असिनापानी र हुरीबतासले मकैं, गहुँजस्ता अन्नबाली तथा आँप, लिची जस्ता फलफूल एवम् तरकारीबालीमा क्षति पुगेको हो ।

गत सोमवार र शनिबार पनि जिल्लामा असिनापानीसहितको हावाहुरीका कारण घर तथा बालीनालीमा क्षति पुगेको थियो । आइतबार राती आएको असिनापानीसहितको हुरीबतासले पुर्याएको क्षतिको एकिन तथ्यांक नआईसकेको प्रहरीले जनाएको छ ।

रातीको हावाहुरी र वर्षाका कारण अवरुद्ध विद्युत आइतबार साँझसम्म सूचारु हुन सकेको छैन । वागमती र चपुरबीचको जंगल खण्डमा भएको फल्ट पत्ता नलागेकाले विद्युत सुचारु हुन नसकेको विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख विजय महतोले जानकारी दिए ।

Loading...