नगरसभाबाट सातवटा ऐन र एउटा कार्यविधि पारित

प्रदेश मुख्य समाचार विषेश समाचार

बारा, १ वैशाख, २०७६ । कलैया उपमहानगरपालिकाको तेस्रो नगरसभाले सातवटा ऐन र एउटा कार्यविधि पारित गरिएको छ । कलैया उपमहानगरपालिकाको सभाकक्षमा सम्पन्न तेस्रो नगरसभाबाट सात वटा ऐन र एउटा कार्यविधि पारित गरिएको कलैया उपमहानगपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले जनाएका छन् ।

नगरसभामा प्रस्तुत गरिएको कलैया उपमहानगरपालिकाको विनियोजन ऐन २०७५, आर्थिक ऐन २०७५, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ पारित गरिएको बेल्वासेले बताए ।

यसैगरी कलैया उपमहानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको ऐन २०७५, कलैया उपमहानगरपालिकाको न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन २०७५, कलैया उपमहानगरपालिकाको सहकारी संस्थाको स्थापना तथा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन पनि नगरसभाले पारित गरेको छ । नगरसभाले कलैया उपमहानगरपालिकाको विपद, जोखिम न्युनिकरण ब्यवस्थापन ऐन २०७५ तथा कलैया उपमहानगरपालिका नगर सञ्चालन कार्यविधि पारित गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ बमोजिम लालबाबु यादवको संयोजकत्वमा पाँच सदस्यिय सुशासन समिति पनि चयन गरिएको उनले बताए ।

स्थानीय निकाय सञ्चालन गर्न आवश्यक पर्ने ऐन र नियमावलीहरुको तेस्रो नगरसभाबाट पारित भएपछि कलैया उपमहानगरपालिकाको काम कारवाहीमा सजिलो हुने कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताए ।

Loading...