तनहुँमा चट्याङ लागेर युवतीको मृत्यु

मुख्य समाचार समाज

तनहुँ, १ वैशाख, २०७६ । तनहुँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्रीको मृत्यु भएको हो ।

चैते दशैँ मनाउन माइत गएकी खत्रीको शनिबार साँझ परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते खत्रीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

लोकदीटार घर भई माइतीघर सोही वडाको मिनामखानी गएकी उनलाई चट्याङ लागेको थियोे । उनी शुक्लागण्डकीस्थित ज्ञानबगैँचा बोर्डिङ स्कुलमा अध्यापनरत थिइन् ।

Loading...