लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु

पर्यटन मुख्य समाचार

काठमाडौँ, १ वैशाख, २०७६ । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको दुर्घटना स्थलमै निधन भएको छ । असई रुद्रबहादुर श्रेष्ठको पनि उपचारकोलागि काठमाडौं ल्याउने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया र मनाङ एयरका क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा भने सकुशल रहेकी छिन् ।