मोटरसाइकल र ट्रिपर ठोक्किदा एक जनाको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

नुवाकोट, २९ चैत, नुवाकोटको बट्टारमा शुक्रबार मोटरसाइकल र ट्रिपर एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गगटेबाट विदुरतर्फ आइरहेको बा ५ ख २८९८ नं. को ट्रिपरले ना. ३३ प ३४६६ नंं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा खनालको मृत्यु भएर आक्रोसित बनेका आफन्त तथा स्थानीयले उक्त ट्रिपरमा आगो लगाई क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए ।

ट्रिपर तिब्र गतिमा गुडिरहेकोले दुर्घटना भएको बताइएको छ । ट्रिपर धनीले मृतक परिवारलाई नियम अनुसार क्षतिपूर्ति दिने सहमति भएपछि शव बुझेका छन् । ट्रिपर चालक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...