अर्चना बाबाधामद्वारा बाराका २ सय ११ हावाहुरी पीडित परिवारलाई राहत वितरण

प्रदेश मुख्य समाचार

वीरगञ्ज, २६ चैत, अर्चना बाबाधाम काठमाडौंले हावाहुरीजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. १ र ४ को बुनियाद तथा चैनपुरका २ सय ११ पीडित घरधुरीलाई करीब ५ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरेको छ । आदि जगत गुरु ओम बाबाको नेतृत्वमा आएको राहत वितरण टोलीले सोमबार अबेर रातीसम्म हावाहुरी प्रभावित २ सय ११ परिवारलाई चामल, नुन, दाल लगायतका खाद्य सामग्री वितरण गरेको हो ।

सो राहत वितरण कार्यमा वडा अध्यक्ष मिश्रीलाल महतो लगायतका समाजसेवीहरुले सहयोग गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरण कार्यमा एकद्धार प्रणाली लागु गरेपछि अहिले ब्यवस्थित रुपमा राहत वितरण भईरहेको जनप्रतिनिधिहरुले बताएका छन् ।