आन्दाेलन फिर्ता नलिए सरकारी चिकित्सकलाई कारबाही

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, २५ चैत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी चिकित्सकलाई आन्दाेलनका कार्यक्रम फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएकाे छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सरकारकाे अपिललाई बेवास्ता गरी आन्दाेलन जारी राखे कारवाहीकाे प्रकिया अघि बढाउन बाध्य हुने चेतावनी दिइएकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ, ‘मन्त्रालयकाे यस अपिललाई बेवास्ता गरी आन्दाेलन जारी राखे आवश्यक सेवा सन्चालन ऐन २०१४ र अन्य प्रचलित कानूनकाे अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउन बाध्य हुनेछाै ।’

सरकारी चिकित्सकलाई तत्काल आन्दाेलनका कार्यक्रम फिर्ता लिन समेत मन्त्रालयले अपिल गरेकाे छ । सरकारी चिकित्सकले उठाएका अधिकांश माग स‌ंघीय निजामति सेवा ऐनकाे विधेयकमा समावेश गरिसकेकाे मन्त्रालयले दाबी गरेकाे छ ।