अर्जुनधारा नगरपालिका र पूर्वार्ध डेरीबीच ९ बुँदे सम्झौता

कृषि मुख्य समाचार विषेश समाचार

केशवराज भण्डारी, झापा, २५ चैत, अर्जुनधारा नगरपालिकाका र पूर्वार्ध कृषि सहकारी संस्थाबीच ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रमका समूह, समितिबाट उत्पादित दूध पूर्वार्ध डेरी उद्योगले खरिद गर्ने सम्झौता भएको हो ।

सझौतामा नगरपालिकाकोतर्फबाट पंकज भुर्तेल र संस्थाको तर्फबाट अध्यक्ष कमल भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौतामा उल्लेख गरिए अनुसार अर्जुनधारा नगरपालिकाद्वारा संचालित पशु पकेट प्याकेज कार्यक्रम अन्तर्गत खुदुनाबारी कृषक समितिले उत्पादन गरेको दूध पूर्वार्ध डेरी उद्योगले खरिद गर्ने, नेपाल सरकारले तोकेको दूधको गुणस्तर अनुसार एस.एन.एफ र फ्याटको आधारमा मूल्य निर्धारण गरी दिइने पुर्वार्ध डेरी उद्योगका अध्यक्ष कमल भण्डारीले जानकारी दिए ।

त्यस्तै, पूर्वाधार डेरी उद्योगले खुदुनाबारी कृषक समूहको कृषकहरुलाई शेयर प्रदान गर्ने, बजारीकरण गर्नको लागि नगरले खुवा मेसिन तथा आइस्क्रिम मेसिन खरिद गर्न र अन्य कार्यको लागि सहयोग गर्ने सम्झौता अनुसार पुर्वार्ध कृषि सहकारी संस्था लि. ले सेयर खुल्ला गरिसकेको छ ।

सम्झौताको ५ औँ बुँदामा दूध चिलिङ अर्थात चिस्यान गरे वापत प्रति लिटर एक रुपैंया डेरी उद्योगले कृषक समूहलाई दिनुपर्नेछ । उद्योगले समूहलाई टि.एस. रकम वापत २० प्रतिशतले प्रदान गर्ने, नगरपालिकाले सहयोग गरेवापत डेरी उद्योगले कृषकहरुलाई लाभदायक कार्यक्रमहरु संचालन गर्ने सम्झौता भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

त्यस्तै, डेरी उद्योगले विषम परिस्थिति बाहेक मिल्क होली डे नगर्ने, ऐन नियम अन्य कुराहरु फरक परेमा आवश्यकता बमोजिम आपसी समाझदारीमा थपघट तथा परिर्वतन गर्ने सक्ने गरी संम्झौता भएको नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले जानकारी दिइन् ।

यसै आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिकाले वडा–२ खुदुनाबारी क्षेत्रलााई पशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम संचालन गर्दै आएको छ ।

Loading...