भरियाको शव तीन दिनदेखि खुम्बुमै !

पर्यटन मुख्य समाचार

सोलुखुम्बु, २४ चैत, लेक लागेर मृत्यु भएका एक भरियाको शव तीन दिनदेखि खुम्बु क्षेत्रमै रहेको छ । विहिबार मृत्यु भएका महाकुलुङ गाउँपालिका– १ बुङका २१ वर्षीय जयराम कुलुङको शवलाई हिमपात र प्रतिकुल मौसम भएपछि ल्याउन समस्या भएको प्रहरीले जनाएको छ ।

हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रूपमा नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ जाने क्रममा लबुचे पुग्दा कुलुङ बिरामी भएका थिए । कुलुङको शव खुम्बुपासाङल्हमू गाउँपालिका– ४, थुक्लामा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तस्विर: सांकेतिक

Loading...