[लघुकविता] दर्शन पाइयो हजुर – डिल्लीराज अर्याल

मुख्य समाचार साहित्य

आज अचानक दर्शन पाइयो,
भन्नुहोस् के फेरि पनि मत चाहियो ?
कि सडक तताउन जनमत चाहियो ?
कुनै न कुनै सेवा त अवश्य चाहियो
त्यसैले यो दुर्लभ दर्शन पाइयो,
नत्र त हजुरको दर्शन दुर्लभै थियो ।

सुन्नुभएकै होला
आजभोलि यतातिर पजेरोका कुरा गर्छन् हजुर
पढाइ बिग्रेर के भो? सिनेमा पढ्छन् हजुर
यी नाङ्गाभुतुङ्गा जनताले जेसुकै गरुन्
तिनका कुरा किन चाहियो ?
बडा दुर्लभ हजुरको दर्शन पाइयो
अब आदेश सुन्न पाए पुग्छ, त्यो चाहियो ।

Loading...