मिस नेपालको अडिशनमा मेकअप बिना पुगेपछि… (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, २२ चैत, ललितपुरकी अस्मिता महर्जन यो वर्षको मिस नेपाल बन्न अडिशन दिन पुगिन् । मिस नेपालकी जज रचना गुरुङ शर्माले अस्मितालाई कार्यक्रमको अनादर गरेको भन्दै नराम्ररी गाली गरिन् । कारण थियो उनको बिना मेकअपको अनुहार ।

अस्मिताले आफूलाई मेकअप गर्न नआउने र अब सिक्दै जाने बताइन् । तर जज रचनाले उनलाई निक्कै गाली गरिन् । मिस नेपाल कार्यक्रमको मानमर्दन गरेको बताइन् । उनले आफूले बोल्न पाएको अधिकांश समय मेकअप नगरेकोमा अस्मितालाई गाली गर्नमै खर्च गरिन् ।

यो अडिशनमा भएको गालीगलौजको भिडियो बाहिरिएपछि अहिले अस्मिता भाइरल बनिरहेकी छिन् । जज रचनाको आलोचना भइरहेको छ भने धेरैले अस्मिताको सपोर्टमा सामाजिक सञ्जालमा पोष्ट गरिरेका छन् । यसअघिकी मिस नेपाल श्रृङ्खला खतिवडाले ट्वीटरमा आफ्नो मेकअप बिनाको फोटो हाल्दै जज रचनालाई जवाफ दिएकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘नो मेक अप एण्ड स्टिल ब्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि अझ सुन्दर’ ।

यसैगरी यो मिस नेपाल नभई ‘मेकअप नेपाल’ भएको पनि केहीले बताएका छन् । सुधा थापा आफ्नो फोटो फेसबुकमा हाल्दै लेखिछन्, ‘मिस नेपाल होइन ‘मेकअप नेपाल’ को लागि तैयारी गर्दै गरेकी भर्खरै १६ पुगेर १७ लागेकी एक दावेदार प्रतिस्पर्धी ।’ यो घटनापछि मिस नेपाल कार्यक्रम निक्कै आलोचित बन्दै गएको छ ।

Video Time: 12:45-14:35 (भिडियोमा १२:४५ मिनेटदेखि १४:३५ मिनेटसम्म हेर्नुहोला)
Loading...