हिउँ पहिरोमा परेर तीन जना बेपत्ता

पर्यटन मुख्य समाचार

डोल्पा, २२ चैत, हिउँ पहिरोमा परि उपल्लो डोल्पाका तीनजना नागरिक बेपत्ता भएका छन् । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ सेल्रीढुक्टास्थित शे गुम्बानजिक हिउँ पहिरोमा परेर तीनजना बेपत्ता भएका हुन् ।

चैत्र १७ गते तीर्थव्रत गर्नका लागि कैलाशपर्वत जाने क्रममा उनीहरु हिउँ पहिरोमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । बेपत्ता हुनेहरुमा शे फोक्सुण्डो गाउँपालिका ३ का पुर्वा ठिन्ल्या गुरुङ्ग, पेमा कुन्साङ गुरुङ्ग र फुन्छोक गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले बताए ।

एकसातादेखि उक्त क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्दारमा समस्या भइरहेको छ । घटनास्थल सदरमुकाम दुनैदेखि ६ दिनको पैदल दुरीमा पर्छ ।

Loading...