रुखबाट लडेर एक युवाको मृत्यु

मुख्य समाचार समाज

उदयपुर, १९ चैत, घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका उदयपुरका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरका ३५ वर्षीय कुमार राईको कैजलको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार विहान ११ः०० बजेको समयमा रुखबाट लडेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरनजिकै जंगलमा घाँस काट्ने क्रममा लडेर गम्भीर भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा प्रारम्भिक उपचारपछि धरान पठाइएको थियो ।

सघन उपचारकक्षमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । उनको शव मंगलबार पोष्टमार्टमपछि घर ल्याउन लागिएको प्रहरीले जनाएको छ ।