दूधकोशीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता

मुख्य समाचार समाज

सोलुखुम्बु, १८ चैत, दूधकोशी नदीमा पौडी खेल्ने क्रममा जुबुका एक युवा बेपत्ता भएका छन् । सोमबार दिउँसो करीब १ः३० बजे द्यामीटार स्थित नदीमा पौडी खेल्ने क्रममा थुलुङ दुधकोशी गाँउपालिका ४ जुबु खन्याखर्कका २५ वर्षीय भरत चर्मकारलाई बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ता चर्मकारको खोजी खोटाङ प्रहरीले गरिरहेको प्रहरी नायव उपरीक्षक राज कुमार केसीले जानकारी दिए । उनकोे एक छोरा, दुई छोरी रहेको थुलुङ दूधकोशी गाउँपालिका ४ जुबुका वडाध्यक्ष नातिकाजी गुरुङले बताए ।