चामल, त्रिपाल र चाउचाउ बोकेर धुर्मुस आँधी प्रभावित फेटामा

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौँ, १८ चैत, आइतबार साँझ आएको विनासकारी हावाहुरी पीडितलाई राहत दिन सिताराम कट्टेल (धुर्मुस) बारा जिल्लाको फेटा गाउँपालिका पुगेका छन् । बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनमार्फत चामल, त्रिपाल र चाउचाउ बोकेर धुर्मुस अति प्रभावित फेटा गाउँपालिका पुगेका हुन् ।

लगिएको राहत गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको कट्टेलले बताए ।

सो विनासकारी आँधीमा परि २७ जनाको निधन भइसकेको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् ।