बाबुको हत्या अभियोगमा छोरा पक्राउ

मुख्य समाचार समाज

ताप्लेजुङ, १८ चैत, बाबुको हत्या अभियोगमा ताप्लेजुङ प्रहरीले ३२ वर्षीय गजेन्द्र गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी सञ्जयसिंह थापाका अनुसार ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङ बस्ने दिलबहादुर गुरुङको हत्या अभियोगमा छोरा गजेन्द्र पक्राउ परेका हुन् ।

आइतबार छोरा गजेन्द्रले बाबु दिलबहादुरलाई आफ्नै भान्छा घरभित्र पहिले कुटपिट र पछि धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारार्थ झापा लैजाँदै गर्दा इलामको फिक्कल पुगेपछि दिलबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएकोे छ । बाबुलाई कुटपिट र धारिलो हतियार प्रहार गरी फरार रहेका गजेन्द्रलाई गएराती पक्राउ गरिएको छ ।

पक्राउ परेका गजेन्द्रलाई जिल्ला अदालतबाट म्याद थपी थप अनुन्धान कार्य जारी राखेको डिएसपी थापाले जानकारी दिए । शव पोष्टमार्टम पछि सद्गद्का लागि आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।