सगरमाथा शिखर चढ्दै त्रिविका विद्यार्थी शेर्पा

पर्यटन मुख्य समाचार

काठमाडौं, १८ चैत, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् । सोलुखुम्वु जिल्लाको दूधकुण्ड नगरपालिका निवासी शेर्पा मानवशास्त्र केन्द्रीय विभागका थेसिस गर्दै गरिरहेका विद्याथी हुन् ।

उनले पहिलो विश्वविद्यालयको छात्रको रुपमा विश्वकीर्तिमान कायम राख्ने लक्ष्य राखेका छन् । त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सम्मान गर्दै सगरमाथा आरोहणको शुभकामना व्यक्त गरे । उनले विश्वविद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्वकिर्तिमान राख्न गइरहेका दावा शेर्पाको सफल आरोहणको कामना गर्दै विश्वविद्यालयको झण्डा सगरमाथामा फर्फराएर विश्वका त्रिविको सम्मान उच्च राख्न लाग्नु भएकोमा धन्यवाद व्यक्त गरे ।

वि.सं. २०४२ साल जेठ १५ गते सोलुखुम्वुमा जन्मिएका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न रहँदै आएका छन् । पर्वतारोहणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम समेत प्राप्त गरिसकेका शेर्पा सानैदेखि हिमाल चढन सौखिन रहेको बताउँछन् । उनको आरोहण मे ५ बाट विधिवत रुपमा सुरु हुनेछ ।

Loading...