बारामा भीषण हावाहुरीमा परि ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

मुख्य समाचार विषेश समाचार समाज

बारा, १८ चैत, गएराती करिब आएको भीषण हावाहुरीले तराईको बारा र पर्साजिल्लामा गरी ३१ जनाको निधन भइसकेको स्थानीय प्रशासनले जनाएको छ । राती करीब साढे ८ बजे आएको पानीसहितको हावाहुरीले बाराको भर्वलिया, फेटा, पर्सोनी र सुवर्णपुर गाउँपालिकामा बढी क्षति पुर्याएको हो ।

हावाहुरीमा परि ५ सय जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण आयसकेको छैन । हावाहुरीले रुखहरु ढलेका छन् भने बत्तिका पोल पनि ढलेका छन् । जसले गर्दा बाटो अवरुद्ध छ भने वत्ति पनि छैन ।

घाइतेहरुको बारा र पर्साका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्दार गर्ने र क्षतिको विवरण लिने काम भइरहेको जिल्ला प्हरी कार्यालय बाराले जनाएको छ ।

तीनै तहका सरकारको पहलमा उद्दार र राहतको काम भइरहेको गृहमन्त्रालयले जनाएको छ ।