घरेलु श्रमिक महिलाको पीडा: “चिया खान्छाै भनेर पनि साेध्दैनन्, बस्ने पिर्कासमेत दिदैनन्”

मुख्य समाचार रोजगार विषेश समाचार

शर्मिला (नाम परिवर्तन) ले घरेलु श्रमिक भई काम गर्न थालेकाे १० वर्ष हुन लाग्याे । घरखर्च चलाउनका लागि उनी दुई ठाउँमा काम गर्छिन् । तर राेजगारदाताले कम तलबमा धेरै काम लगाउने गरेकाे उनकाे गुनासाे छ । उनी भन्छिन्, ”थाेरै तलबमा धेरै काम गर्नपर्छ । घर खर्च चलाउन काम गर्छु तर पुग्दैन । केही सहयाेग भने हुन्छ ।”

पन्ध्र वर्षदेखि घरेलु काम गर्दै आएकी गीता (नाम परिवर्तन) काे समस्या पनि फरक छैन । उनकाे राेजगारदाताले झन् अलिकति पनि मानवता नदेखाएकाे उनकाे आराेप छ । उनी भन्छिन्, ”तलब दिनुहुन्छ तर उनीहरुले चिया खाइरहेका छन् भने पनि एकपटक खान्छाै भनेर पनि साेध्दैनन् । कपडा धुनलाई बस्ने पिर्का समेत दिदैनन् ।”

सरकारले घरेलु श्रमिककाे न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० निर्धारण गरेकाे छ । तर कार्यान्वयनमा छैन । केही श्रमिकले मात्र न्यूनतम पारिश्रमिक पाउँछन् तर अधिकांशकाे अवस्था भने दयनीय नै छ । सरकारसँग उनीहरुकाे यकिन तथ्या‌ंक पनि छैन ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले गरेकाे एक अध्ययन अनुसार नेपालमा करिब दुई लाख घरेलु श्रमिक रहेकाे पाइएकाे थियाे । त्यसमा पनि महिलाकाे हिस्सा ९० प्रतिशत छन् । तर अधिकांश घरेलु श्रमिकले न्यूनतम पारिश्रमिक नपाएकाे घरेलु श्रमिककाे क्षेत्रमा काम गर्ने संस्था स्वतन्त्र अभियानका प्रमुख ऋतु भट्टले बताइन् । उनी भन्छिन्, ”केहीले राम्राे पारिश्रमिक पाएका छन् तर अधिकांशले अवस्था त्यस्ताे छैन । धेरै श्रमिकले थाेरै तलबमा धेरै काम गर्नु परेकाे छ ।”

लाखाै व्यक्ति संलग्न रहेकाे घरेलु श्रम बजारलाई व्यवस्थित बनाउन सरकारले श्रम ऐन कार्यान्वयनका लागि तदारुकता देखाउनु आवश्यक छ । ऐन कार्यान्वयनका साथै घरेलु श्रमिककाे अवस्था बारे समेत अनुगमन गर्नु सरकारकाे दायित्व हाे । यदी घरेलु श्रमलाई मर्यादित र व्यवस्थित बनाउन सके महिलाको जोखिमपूर्ण वैदेशिक रोजगारीको समस्या पनि केही हदसम्म भएपनि समाधान हुनेमा दुइमत छैन ।

तस्विर: सांकेतिक प्रयोग