छ सय त्रिचालिस किलो चरेससहित महिला पक्राउ

मुख्य समाचार समाज

काठमाडौ, १५ चैत, धादिङको गजुरी गाउँपालिका वडा नं ७ पेटारबाट प्रहरीले प्रतिबन्धित लागुऔषध चरेश र गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । चरेश बनाउने तयारी अवस्थामा राखिएको धुलो, तयार गरिएको चरेश र गाँजासहित महिलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । काठमाडौँबाटै गएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले सुराकीका आधारमा सो चरेस बरामद गरेको हो ।

गजुरी गाउँपालिकाको वडा नं ७ पेटार बस्ने सुकमान तामाङको घरमा चरेश बनाउने कारखाना नै संचालनमा रहेको विशेष सुराकी पछि घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख नवराज ढुङ्गेलले जानकारी दिए । सुकमान तामाङको घर, भैंसी बाध्ने गोठ, र आगँनबाट गरी १ सय १० केजी तयारी अवस्थाको चरेश, ५ सय ३३ केजी चरेश बनाउन प्रयोग गरिने गाँजाको धुलोसहित सुकमान तामाङकी श्रीमती सुकमाया तामाङलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी सुकमायालाई जिल्ला अदालत धादिङबाट म्याद थप गराई थुनामा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश विष्टले जानकारी दिए ।