किराँत तियेङ लुङ चोलुङ माङहिमलाई गजुर हस्तान्तर

कला/संस्कृति मुख्य समाचार

केशवराज भण्डारी, झापा, १४ चैत, एक कार्यक्रमकाबीच किराँत तियेङ लुङ चोलुङ माङहिमलाई गजुर हस्तान्तर गरीएको छ । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित किराँत तियेङ लुङ चोलुङ माङहिमका अध्यक्षका दलबहादुर मेन्याङ्गवोलाई दमक ८ निवासी धन बहादुर मावो र श्रीमती जसुरा मावोले २ लाख १७ हजार रुपैया भन्दा बढी मूल्य पर्ने पित्तलको गजुर प्रदान गरेका हुन् ।

वि.सं. २०७१ सालमा स्थानीय दलबहादुर मेन्याङ्गवो (हाल माङहिमका अध्यक्ष) ले ९० लाख रुपैया मूल्य पर्ने ४ कठ्ठा जमिन निःशुल्क दिएपछि सोहि जग्गामा कमल गाउँपालिका, प्रदेश १ र स्थानीय चन्दाको सहयोग गरी जम्मा ३४ लाख ९१ हजार ९ सय ८ रुपैयाको लागतमा ९ तले माङहिमको निर्माण भएको हो ।

गजुर हस्तान्तर कार्यक्रममा प्याप्सनका केन्द्रीय उपाध्यक्ष गौरिमान फागो समाजसेवी भीमप्रसाद राई लगायत विभिन्न ठाउँबाट चन्दादाताहरुको उपस्थिति रहेको थियो ।

किराँत तियेङ लुङ चोलुङ माङहिम निर्माण समितिका अध्यक्ष सूर्यप्रसाद एकपाङ्गदेनले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष लाख बहादुर मावोले आय, व्यय प्रस्तुत गरे । साथै सचिव नरबहादुर लिङ्गदेनले कार्यक्रम सन्चालन गरेका थिए ।

Loading...