विप्लव समूहका तीन नेता, कार्यकर्ता पक्राउ

मुख्य समाचार समाज

भोजपुर, ११ चैत, विप्लव समूहका तीन कार्यकर्तालार्ई प्रहरीले भोजपुरको विभिन्न ठाउँबाट पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका–४ नागीका सञ्जय राई, पौवादुङमा –०३ च्याङ्ग्रेका विकास राई र साल्पासिलोछो– ०१ कुलुङ्गका महेन्द्र तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ्ग जिल्ला कमिटी सदस्य हुन् भने विकास विद्यार्थीको जिल्ला अध्यक्ष भएको विप्लव समूहले जनाएको छ । भोजपुर सदरमुकाममा पक्राउ परेकाहरु सञ्जय राई र विकास राईलाई जिल्ला प्रशासनमार्फत म्याद थप गरिएको डिएसपी केशवकुमार थेवेले बताए । महेन्द्र तामाङ्गलाई भने जिल्ला ल्याउने क्रममा रहेको थेवेले बताए ।

तस्विर: सांकेतिक प्रयोगमात्र