सुमनको ‘मुक्तकमार्ग’ कृति सार्वजनिक

मुख्य समाचार साहित्य

काठमाडौँ, १० चैत, मुक्तककार सुमन आचार्यको कृति ‘मुक्तकमार्ग’ सार्वजनिक भएको छ । मनोहरा साहित्य समाजको ४२ औं रचना वाचन कार्यक्रममा उक्त मुक्तक कृति सार्वजनिक गरिएको हो ।

हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको सो रचना वाचन कार्यक्रमको सभापतित्व समाजका संयोजक डिल्लीराज अर्याल गरेका थिए । समारोहमा प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त रहेका थिए । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र वरिष्ठ साहित्यकार विजय चालिसे सो समारोहको अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा विमोचित कृतिमाथि भावकेशर बराल र स्वागत नेपालले समालोचकीय दृष्टिकोण राखेका थिए । कृतिकार आचार्यलाई बादल घिमिरेले शुभकामना दिए । कृतिकार सुमन आचार्यले आफ्नो अनुभव राख्दै संग्रहबाट केही मुक्तक सुनाएका थिए भने प्रमुख अतिथि, अतिथि लगायतलाई मायाको चिनो र उपस्थित सबैलाई आफ्नो कृति उपहार दिएका थिए ।

रचना वाचनको सो कार्यक्रममा लीलाराज दाहाल, सीता, नरेन्द्र पराशर, सम्पत काफ्ले, गोविन्द नेपाल, नारायण नेपाल, डा।खगेन्द्र शर्मा, प्रकाशमणि दाहाल, दिपीका मिश्र, रामप्रसाद घिमिरे, सुमन पुडासैनी मित्र, छविरमण सिलवाल, हरिकृष्ण काफ्ले, रत्ननिधि रेग्मी शुक्राचार्य, राजबाबु श्रेष्ठ सागर, सुजना घिमिरे, पुरुषोत्तम सिग्देल, समिर पाख्रीन, राधा कार्की, भुवन शिवाकोटी चौघरे, देवकी तिमल्सिना समीक्षा, रविन्द्र आशिष शैली, रुद्र अधिकारी, रुकुम टमटा, एनवी जनकपुरीले लधुकथा, मुक्तक, गीत, गजल र कविता सुनाएका थिए ।

कार्यक्रम साहित्यकार शीतल गिरीले सञ्चालन गरेका थिए ।