महिला फुटबल खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा

खेलकुद मुख्य समाचार

विराटनगर, ९ चैत, विराटनगरमा सम्पन्न भएको साफ महिला फुटबल च्याम्पियनसिपको पाँचौं संस्करणमा उपविजेता बनेको नेपाली महिला फुटबल खेलाडीलाई प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र एन्फाले सम्मान स्वरुप नगद दिने घोषणा गरेको छ ।

प्रतियोगितामा उपविजेता बनेको नेपाली खेलाडीलाई एन्फाले जनही नगद एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । प्रदेश १ सरकारले जनही १ लाख र विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँसमेत पुरस्कार दिने घोषणा गरेको जानकारी दिएका छन् ।

त्यस्तै एन्फाको साधारणसभा समेत सम्पन्न भएकोे छ र साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अघिल्लो साधारणसभादेखि हालसम्म गरेका कार्य तथा नेपाली फुटबल खेलको विकासका लागि भएका कामका बारेमा प्रस्तुत गरेका थिए । एन्फा कोषाध्यक्ष रविन्द्र जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन गरेको छ ।

Loading...