सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ

मुख्य समाचार समाज

धुलिखेल, ९ चैत, काभ्रे, मण्डनदेउपुरकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा काभ्रे प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मण्डनदेउपुर–६ का २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राई र इन्द्रावती गाउँपालिका–११ भिमटार, भिस्तानका २२ वर्षीय चाउरे भनिने सुनिल दनुवार रहेका छन् ।

इन्द्रावती नदी किनारमा बालुवा संकलन गर्दै आएकी बालिकालाई चालक प्रकाश राई दनुवारले चैत ३ गते साँझमा ललाई फकाई गरी बा४ख ७५६९ नम्बरको टिपरभित्र लगि ४ जनाले जबजस्ती करणी गरेको भन्ने बालिकाले बयान दिएको काभ्रे प्रहरी प्रवक्ता एवं डिएसपी दीपक गिरीले बताए ।

पीडितका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी गिरीले जानकारी दिए ।