कर्णाली नदी र आसपासका तस्बिर प्रदर्शनीमा

पर्यटन मुख्य समाचार

काठमाडौँ, ८ चैत, नेपाल कला परिषदमा करीब एक सातासम्म कर्णाली नदी र नदी आसपासमा खिचिएका तस्बिर प्रदर्शनी गरिएको छ । कर्णाली नदीको शीर तिब्बतदेखि भारतको ग‌ंगा नदीसम्म ४४ दिन लगाएर गरिएको जलयात्राका क्रममा खिचिएका ५० वटा तस्विरहरु प्रदर्शनीमा समावेश थिए ।

जहाँ कर्णालीकाे शिर तिब्बतदेखि ग‌ंगा नदीसम्मका मनमाेहन दृश्यहरू थिए । नदी संरक्षण सम्बन्धी काम गर्ने संस्था नेपाल रिभर कन्जरभेसन ट्रष्टको सहयोगमा कर्णाली नदीमा जलयात्रा गर्ने टोलीमा रहेका पत्रकार रमेश भुषाल र फोटोग्राफर नवीन बरालले खिचेका ५० वटा फाेटाे यो प्रदर्शनीमा राखिएको हो ।

नेपाल हुँदै बहने कर्णाली भारतमा गङ्गा नदीमा पुगेर मिसिन्छ । कर्णाली नदीकाे अवस्थाकाे अध्ययन गर्ने उद्देश्यले जलयात्रा गरेकाे फाेटाेग्राफर नबीन बरालले बताए । त्यही नदीको अवस्था जानकारी गराउन फोटो प्रदर्शन गरिएको थियाे । काठमाडौंपछि अब कर्णाली प्रदेशमा पनि फोटो प्रदर्शनी गर्ने याेजना रहेकाे उनले बताए । याे साताव्यापी प्रदर्शनी शुक्रबार सकिएकाे छ ।