गण्डकी मेडिकल कलेजलाई एक महिनाभित्र विद्यार्थीको शुल्क फिर्ता गर्न निर्देशन

मुख्य समाचार शिक्षा

काठमाडौँ, ७ चैत, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पाेखरेलले बढी शुल्क लिएका गण्डकी मेडिकल कलेजलाई एक महिनाभित्र विद्यार्थीलाई शुल्क फिर्ता गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज भएकाे बैठकमा मन्त्री पाेखरेलले सरकारले ताेकेकाे भन्दा बढि शुल्क लिने गण्डकी कलेजलाई विद्यार्थीकाे शुल्क तत्काल फिर्ता गर्न दिएका हुन् ।

शुल्क फिर्ता भए/नभएकाे बारे विश्वविद्यालय, कलेज सञ्चालकका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिहरुले अनुगमन गर्नेछन् । बैठकमा मन्त्री पाेखरेलले सरकारले ताेकेकाे शुल्क कार्यान्वयन गर्न त्रिवि पदाधिकारी र निजी मेडिकल कलेजलाई निर्देशन दिए । बैठकमा भएका निर्णहरु :

१) गण्डकी मेडिकल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुको शैशिक कार्यक्रम अनियमित नहुने गरी परीक्षाका निम्ति आवश्यक विशेष व्यवस्था गरी नियमित परीक्षार्थीको रुपमा परीक्ष लिने व्यवस्था त्रिभुवन विश्वविदालयले मिलाउने ।

२. नेपाल सरकारबाट तोकिएको शुलक भन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेज लगायतका मेडिकल कलेजहरुले सम्बन्धित विद्यार्थीहरुलार्य एक महिनाभित्र शुल्क फिर्ता गर्ने विशवविदालयका प्रतिनिधि, कलेज सञ्चालनकका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिहरुले शुल्क फिर्ताकाृे अनुगमन गर्ने ।

३. विद्यार्थीहरुलाई शान्ति सुरक्षामा असजिलो महसुस भएमा सो को जानकारी सरकारलाई गराउने र शान्ति सुरक्षाको गरेन्टी नेपाल सरकारले दिने ।

४. विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको कार्यालयमा लगाएका ताला खोल्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने ।