होलीमा होहल्ला गर्ने ६० जना प्रहरी नियन्त्रणमा

ट्राफिक/प्रहरी मुख्य समाचार

कास्की, ६ चैत, पोखरामा होलीको अवसरमा नियम उल्लंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताएका छन् । रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल ब्यवहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो ।

बिहानदेखि दिउँसोसम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गुरुङले बताए ।

त्यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने ५० वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ । हेलमेट नलगाउने, जिकज्याक गरेर चलाउने, स्कुटर र मोटरसाइकलमा २ जना भन्दा बढी सवार गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिइएको प्रवक्ता गुरुङले जानकारी दिए । उनीहरुलाई कार्वाही स्वरुप जरिवाना तिराएर छाडिने उनले बताए ।

तस्विर: फायल