युट्युबमा अमर्यादित तथा अश्लिल कार्यक्रम संचालन गर्ने पक्राउ

मनोरञ्जन मुख्य समाचार

काठमाडौं, ६ चैत, सामाजिक संजालमा अमर्यादित अश्लिल तथा उत्तेजित अन्तरवार्ता संचालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक र संचालिका तथा मोडल पक्राउ परेका छन् । प्रहरीले कार्यक्रम संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्ता दिने मोडल परी तामाङलाई मंगलबार पक्राउ गरेको हो ।

अश्लिल सामाग्रीहरु युटुब च्यानल मार्फत ‘मस्ती टक टाईम’ बाट प्रसारित गरी सामाजिक संजालमा अमर्यादित, अश्लिल, उत्तेजित अन्तरवार्ता दिएको र कार्यक्रम संचालन गरेको भनि सामाजिक मर्यादामा खलल पुर्‍याएको भनि आम जनसमुदायबाट गुनासो आए पश्चात महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो । उनीहरुलाई साईवर क्राईम अपराधमा अनुसन्धान भइरहेको सो परिसरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...