होलीको रङले रङ्गियो शहर (फोटोफिचर)

कला/संस्कृति फोटो फिचर मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ६ चैत, फागुन पूर्णिमाको दिन मनाइने रङहरुको पर्वलाई फागु अर्थात् होली भनिन्छ । यो पर्व हिन्दूहरुको एक मुख्य पर्व हो । नेपालमा भने होली दुई दिन मनाइने गरिन्छ । आज चैत ६ गते हिमाली र पहाडीसहितका ५८ जिल्लामा होली मनाइन्छ भने भोलि अर्थात् चैत ७ गते तराईका १९ जिल्लामा होली मनाइन्छ । फागु खेल्ने पर्वमा नेपाल सरकारले पनि आज र भोलि नै क्षेत्रगत रुपमा सार्वजनिक विदा दिएको छ ।

फागु अर्थात होलीमा विभिन्न रङहरु दलेर साथीभाई, आफन्त तथा परिवारकोबीचमा रमाइलो गरिन्छ । यो अवसरमा विभिन्न संघ, संस्था तथा समूहहरुले होली विशेष कार्यक्रमको पनि आयोजना गर्दछन् । युवा युवतीहरु भेला हुने, एक आपसमा रङ दलादल गर्ने, घुम्न जाने वा खुल्ला ठाउँ तिर गएर रमाइलो गर्ने साथै नाचगान गरेर होलीमा रमाउने गर्दछन् ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आज विशेष कार्यक्रमको आयोजना हुन्छ । काठमाडौको टुँडिखेल, बसन्तपुर, गंगबु, बानेश्वर, जावलाखेल लगायतका ठाउँमा आज विशेष कार्यक्रमको आयोजना हुन्छ । यो अवसरमा आज काठमाडौँ शहर रङले लफक्कै पुरिएको छ भने युवा-युवतीहरु मदमस्त छन् ।

काठमाडौँको ठमेल क्षेत्रमा विदेशी पाहुनाहरुको पनि धेरै चहलपहल हुने भएकोले उनीहरु पनि नेपाली समूदायसँगै होलीको रंगमा रंगिएर रमाइलो गर्दैछन् ।

सांस्कृतिक महत्व बोकेको होली पर्व खुसियाली, हर्षोल्लास र उमंगको पर्व हो । छुट्टै मौलिकता बोकेको होली पर्वलाई सभ्य, भव्य र मर्यादित बनाई पुस्ता हस्तान्तरण र प्रचारप्रसार गर्न भने जरुरी छ ।

Loading...