स्याङ्जामा प्रचलित होली अर्थात् खेलगीत

मुख्य समाचार विचार विषेश समाचार

– डा.कृष्णप्रसाद न्यौपाने

नेपालीको स्याङ्जामा विभिन्न चाडपर्वका अवसरमा गाइने गीत एवं गाथाहरू प्रचलित छन् । यस अवसरमा गाइने आख्यान युक्त वा मुक्त गायनलाई पर्वगीत भनिन्छ । पर्वगीत राष्ट्रिय भावना जगाउन, आफ्नोपनको बोध गराउन, हाम्रा संस्कार एवं संस्कृतिको ग्रहण र हस्तान्तरण गर्न, मनोरञ्जन दिई बन्धुबान्धवलाई नजिक्याउन र व्यावहारिक ज्ञान प्रदान गर्न सफल रहेका छन् । हाम्रा सामाजिक मूल्य र मान्यताको पहिचान नयाँ पिँढीलाई यिनै गीतले दिएका छन् । त्यसैले पर्वगीतलाई जनजीवनको वस्तुतथ्य प्रस्तूति मानिन्छ । तिज, देउसी, भैलो जस्तै होरी पर्व अर्थात् खेलगीत हो ।

होली/खेलगीत
होली पर्व हो । यस पर्वमा गाइने लोकगीतलाई होली÷ खेलगीत भनिन्छ । फागुपूर्णिमालाई होली, होरी, फागु र होलाष्टक (होलिकाष्टक) नामले चिन्ने गरिन्छ । होली नेपालमा चाडको रूपमा मनाइन्छ । विशेष रूपमा तरार्ई क्षेत्रमा मनाइने यो चाड शिशिर ऋतुको अन्त र वसन्त ऋतुको प्रारम्भका आठ दिनसम्म मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकाका तीनै शहरमा नयाँ, सफा र राम्रा पहिरनहरू पहिरिएर हर्षउल्लासका साथ होली गीत गाउँदै नाच्दै गरेको पाइन्छ । सुदूर पश्चिमाञ्चलमा पनि यो चाड धुमधामसँग मनाइन्छ । हाँसोठट्टा गर्नु यो चाडको विशेषता रहेको मानिन्छ । परापूर्व कालदेखि मनाइंदै आएको यो चाडसँग सम्बन्धित विभिन्न किंवदन्तिहरू पाइन्छन्, तर स्याङ्जामा किंवदन्तिहरू त्यति सुन्न र बुझ्न भन्दा पनि परम्परितरूपमा मनाइंदै आएको चाडमा भावनात्मक रूपमा एकाकार हुने गरेको पाइयो ।

नेपालका विभिन्न ठाउँमा यो चाड मनाइने भए तापनि जति ठाउँमा मनाइन्छ, ती सबै स्थानको नाच–गानमा एकरूपता पाइंदैन । नेपालका पहाडी क्षेत्रमा पनि होली गाइन्छ । रिसिङ्, घिसिङ्, भिर्कोट र पूर्वी पाल्पाका गाउँहरू गायनका लागि उल्लेखनीय ठाउँहरू मानिएका छन् । पाल्पाका रुचाङ्, बाकूम्, ताकानूङ् आदि क्यै ठाउँमा त ‘होरी’ नाचगान विधि विधानैसँग गरिन्छ ।

गण्डकी अञ्चल क्षेत्रभित्र होरीको चाडमा होरी गीत गाउने प्रचलन त्यति पाइंदैन । यस चाडमा पनि झ्याउरे, बाह्रमासे खालका गीतहरू नै गाउने गरिन्छ । स्याङ्जा जिल्लामा होरीको पर्वमा अबिरद्वारा रङ्गाउने र रङ्गिने गरेका हुन्छन् । तरार्ईतिर जस्तै सबै ठाउँमा नाचगानसहित होली मनाउने परम्परा पाइंदैन । कतिपय ठाउँमा त तरार्ईमा भन्दा कम रमाइलो हुन्न । यहाँ होलीको आफ्नै प्रकारको महत्त्व रहेको छ । रङ्गसहित आफ्ना दैनन्दिन समस्यालाई बिर्सेर ज्यादै रमणीयताका साथ भावनात्मक रूपमा नाचगानमा सरिक भएको पाइन्छ ।

होलीको शुभारम्भमा कुनै प्रकारको विधि भएको पाइएन, तर पूर्णिमाको दिन अन्त्य गरिने हुनाले एउटा झुपडी बनाइएको हुन्छ, जसलाई खरले छाउने काम गरिन्छ । पूर्णिमाको दिन बेलुका देवताहरूलाई पुकार्ने चलन रही आएको छ । धूप गरिन्छ र खरले बनाएको झुपडीमा आगो लगाउने काम गरिन्छ । उक्त झुपडीलाई जलाएर चीर दहन गरेको मानिन्छ ।

आवश्यक सामानहरूमा मादल, मजूरा, घुङरु (चाँप), ध्वजा, लिङ्गो, धूप र आगोको अँगार (कोइला) सबै तयार भएपछि लिङ्गोमा ध्वजा बाँधिन्छ । लिङ्गो नजिककै एक जनाले धूप हाल्ने गर्दछन् । अन्य सङ्गीहरू सबै सामानहरू लिएर घरको आँगन, दैलाको नजिक अर्धगोलाकार बनेर उभिन्छन् र गीत, बाजा र नाच सँगसँगै सुरु गरिन्छ । यसरी होली खेल्ने रसिकहरू रौराको घरमा जम्मा भएका हुन्छन् । वाद्यवादनका सामग्रीको जोहो गरिसकिएको हुन्छ । सबैले जिम्मेवारीको बाँडफाँड गरिसकेका हुन्छन् । रौराले गीत झिक्दछन् । अन्य सहभागीले छोप्दछन् ।

फागू पूर्णिमाको एकादशीदेखि सूरु गरेर पूर्णिमासम्म होली खेल्ने र गाउने गरिन्छ । धार्मिक महत्त्वलाई भन्दा पनि प्रचलनलाई थाति राख्न विशेषरूपमा पूर्णिमाको दिन होली खेल्ने गरिन्छ । दिउँसोको समयमा घरआँगनमा जम्मा भई अबिर दलेर गान बजानका साथमा नृत्यसमेत गरिएको हुन्छ ।

होरी खेल्न लालायित व्यक्तिहरूले अन्य दिनभन्दा होलीपूर्णिमाको दिन पृथक् पहिरन पहिरेका हुन्छन् । होली गायनका प्रमुखलाई रौरा (गुरु) भनिन्छ । रौराका घरमा बाजासहित रसिकहरू उपस्थित हुन्छन् । रौराले गीत झिक्ने र अन्यले छोप्ने गर्दछन् । यिनीहरूले एक गाउँमा मात्रै नगाएर विभिन्न गाउँमा गाउँदै हिँड्ने चलन पाइन्छ । सङ्ख्या र जातिको कुनै सीमा छैन । जति पनि र जुनसुकै जाति पनि यस अवसरमा सरिक भएको पाइन्छ । त्यस अवस्थामा महिलाहरू दर्शक एवं स्रोताको रूपमा मात्रै रहन्छन् । यस गीतका सङ्कलक (वि.सं.२०६०मा) सहयोगी गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, निवाखर्क गाविस, वडा नं.९का ६४ वर्षीय जगबहादुर, पेलाकोट गाविस, राम्चे बस्ने वर्ष ४४ का सर्वजीच थापा, वडा नं.१ का ५९ वर्षीय चन्द्रसिं थापा र यसै गाविसमा जन्म भई हाल जगत्रदेवी गाविस गल्याङ्मा बस्दै आएका ४५ वर्षीय रामबहादुर थापा हुन् । यिनीहरूले लोकसंस्कार पछ्याउँदै लोकधर्मको पालना गर्दै आएको बताउँछन् ।

होली खेलगीतका नमुना
१. (क) हा हा पुरबैबाट आवैला जोगी –२ १
जोगियालाई देऊ मया भिकिया हो २
हा हो जोगियालाई देऊ मया भिकिया ३
माया जसूधा जोगियालाई देऊ मया भिकिया ४
देऊ मया भिकिया, देऊ मया भिकिया ५
माया जसूधा जोगियालाई देऊ मया भिकिया ६
माया जसूधा जोगियालाई देऊ मया भिकिया, देऊ मया भिकिया ७
(ख) हा हा पश्चिमैबाट आवैला जोगी–२ ८
जोगियालाई देऊ मया भिकिया हो –२ ९
माया जसूधा जोगियालाई देऊ मया भिकिया १०
देऊ मया भिकिया, देऊ मया भिकिया ११
माया जसूधा जोगियालाई देऊ मया भिकिया १२
माया जसूधा जोगियालाई देऊ मया भिकिया, देऊ मया भिकिया १३

यसै गरी उत्तर र दक्षिण दिशालाई सम्बोधन गरेर गाउने गरिन्छ । विषयवस्तू, शैली आदिमा सबै समानता रहेको पाइयो । त्यसैले यहाँ गीतको उल्लेख हूनूपर्ने आवश्यक ठानिएन । यो चरणको अन्त्यमा चारै दिशालाई सम्बोधन गरी गाउने गरिन्छ :
(ग) हा हा चारै दिशाबाट आवैला जोगी–२ १४
जोगियालाई देऊ मया भिकिया हो १५
हा हो जोगियालाई देऊ मया भिकिया १६
माया जसूधा जोगियालाई देऊ मया भिकिया १७
हूरी………हूरी…………… १८

२. (क)हा हा एकै घर गए एकै र मूठी–२ १९
घर घर मागन जाम, हा हो घर घर मागन जाम २०
मया जसूदा घर घर मागन जाम २१
जोगियालाई देऊ मया भिकिया हो २२
हा हो जोगियालाई देऊ मया भिकिया २३
मागी खान आको जोगीलाई देऊ मया भिकिया २४
देऊ मया भिकिया, देऊ मया भिकिया २५
मागी खान आको जोगीलाई देऊ मया भिकिया २६
(ख) हा हा दूबै घर गए दूबै र मूठी, दूबै घर गए दूबैै र मूठी २७
घर घर मागन जाम, हा हो घर घर मागन जाम २८
मयाजसूदा घर घर मागन जाम २९
जोगियालाई देऊ मया भिकिया हो ३०
जोगियालाई देऊ मया भिकिया ३१
मागी खान आको जोगीलाई देऊ मया भिकिया ३२
देऊ मया भिकिया, देऊ मया भिकिया ३३
मागी खान आको जोगीलाई देऊ मया भिकिया ३४
(ग) हा हा तिनै घर गए तिनै र मूठी–२ ३५
घर घर मागन जाम, हा हो घर घर मागन जाम ३६
मयाजसूदा घर घर मागन जाम ३७
जोगियालाई देऊ मया भिकिया हो ३८
जोगियालाई देऊ मया भिकिया ३९
मागी खान आको जोगीलाई देऊ मया भिकिया ४०
देऊ मया भिकिया, देऊ मया भिकिया ४१
मागी खान आको जोगीलाई देऊ मया भिकिया ४२
(३) हा हा चारै घर गए चारै र मूठी–२ ४३
घर घर मागन जाम, हा हो घर घर मागन जाम ४४
मया जसूदा घर घर मागन जाम ४५

जोगियालाई देऊ मया भिकिया हो ४६
जोगियालाई देऊ मया भिकिया ४७
मागी खान आको जोगीलाई देऊ मया भिकिया ४८
देऊ मया भिकिया, देऊ मया भिकिया ४९
मागी खान आको जोगीलाई देऊ मया भिकिया ५०

यसै गरी पांचै घर गए पांचै र मूठी, छवै घर गए छवै र मूठी, सातै घर गए सातै र मूठी, आठै घर गए आठै मूठी, नवै घर गए नवै र मूठी एवं दशै घर गए दशै र मूठी भनी माथि कै शब्द, भाषा, संरचना, शैली आदिलाई नै हूबहु पूनरावृत्ति गरी गाइन्छ । यो चरणको अन्त्यमा :

(ङ) हा हा पांचै र मूठी शिवजीलाई चढाए–२ ५१
पांचै मूठी भगवानलाई हो, पांचै मूठी भगवानलाई ५२
मया जसूधा पांचै मूठी भगवानलाई ५३
हूरी ………….हूरी…………… ५४
घ. हा हा शिरै लाउने बिना शिरफूल कैसे जाउँ ५५
म त बाह्रै बजारैमा हूरी खेलन ५६
हूरी खेलन हो फागू खेलन–२ ५७
बाह्रै बजारैमा हूरी खेलन–२ ५८
हूरी ..हूरी…… ५९
हा हा लिलै लाउने बिना टीकियाँ कैसे जाउँ ६०
म त बाह्रै बजारैमा हूरी खेलन ६१
हूरी खेलन हो फागू खेलन–२ ६२
बाह्रै बजारैमा हूरी खेलन–२ ६३
हूरी ..हूरी…… ६४
हा हा कानै लाउने बिना सूनियाँ कैसे जाउँ ६५
म त बाह्रै बजारैमा हूरी खेलन ६६
हूरी खेलन हो फागू खेलन–२ ६७
बाह्रै बजारैमा हूरी खेलन–२ ६८
हूरी ..हूरी…… ६९
हा हा नाकै लाउने बिना फूलियाँ कैसे जाउँ ७०
म त बाह्रै बजारैमा हूरी खेलन ७१
हूरी खेलन हो फागू खेलन–२ ७२
बाह्रै बजारैमा हूरी खेलन–२ ७३
हूरी ..हूरी…… ७४
हा हा गलै लाउने बिना हमेली कैसे जाउँ ७५
म त बाह्रै बजारैमा हूरी खेलन ७६
हूरी खेलन हो फागू खेलन–२ ७७
बाह्रै बजारैमा हूरी खेलन–२ ७८
हूरी ..हूरी…… ७९
हा हा कूमै लाउने बिना चोलियां कैसे जाउँ ८०
म त बाह्रै बजारैमा हूरी खेलन ८१
हूरी खेलन हो फागू खेलन–२ ८२
बाह्रै बजारैमा हूरी खेलन–२ ८३
हूरी ..हूरी…… ८४
हा हा हातै लाउने बिना चूरियाँ कैसे जाउँ ८५
म त बाह्रै बजारैमा हूरी खेलन ८६
हूरी खेलन हो फागू खेलन–२ ८७
बाह्रै बजारैमा हूरी खेलन–२ ८८
हूरी ..हूरी…… ८९
हा हा कम्मरै लाउने बिना पटूकी कैसे जाउँ ९०
म त बाह्रै बजारैमा हूरी खेलन ९१
हूरी खेलन हो फागू खेलन–२ ९२
बाह्रै बजारैमा हूरी खेलन–२ ९३
हूरी ..हूरी…… ९४
हा हा गोडै लाउने बिना सारियाँ कैसे जाउँ ९५
म त बाह्रै बजारैमा हूरी खेलन ९६
हूरी खेलन हो फागू खेलन–२ ९७
बाह्रै बजारैमा हूरी खेलन–२ ९८
हूरी ..हूरी…… ९९
हा हा पावै लाउने बिना पैजारी कैसे जाउँ १००
म त बाह्रै बजारैमा हूरी खेलन १०१
हूरी खेलन हो फागू खेलन–२ १०२
बाह्रै बजारैमा हूरी खेलन–२ १०३
हूरी ..हूरी…… १०४
४. हा हा बेलौतिको फूल टिपी माला गाँसी ल्याउला १०५
बेलौतिको फूल टिपी माला गाँसी ल्याउला १०६
टिपी ल्याउला हो गाँसी ल्याउला–२ १०७
हो यति राम्रो केशारे फूल रोजी ल्याउला–२ १०८
हूरी……हूरी…… १०९
हा हा बाह्रमासे फूल टिपी माला गाँसी ल्याउला–२ ११०
टिपी ल्याउला हो गाँसी ल्याउला–२ १११
हो यति राम्रो केशारे फूल रोजी ल्याउला–२ ११२
हूरी……हूरी…… ११३
हा हा इन्द्रकमल फूल टिपी माला गाँसी ल्याउला–२ ११४
टिपी ल्याउला हो गाँसी ल्याउला–२ ११५
हो यति राम्रो केशारे फूल रोजी ल्याउला–२ ११६
हूरी……हूरी…… ११७
हा हा लालूपाते फूल टिपी माला गाँसी ल्याउला–२ ११८
टिपी ल्याउला हो गाँसी ल्याउला–२ ११९
हो यति राम्रो केशारे फूल रोजी ल्याउला–२ १२०
हूरी……हूरी…… १२१
हा हा हजारीको फूल टिपी माला गाँसी ल्याउला–२ १२२
टिपी ल्याउला हो गाँसी ल्याउला–२ १२३
हो यति राम्रो केशारे फूल रोजी ल्याउला–२ १२४
हूरी……हूरी…… १२५
५. हा हा शिरै लाउने शिलफूल बैंश मारी लाउन पाइन १२६
गयो पापी जोवान हो, गयो पापी जोवान १२७
गयो पापी जोवान बैशै मारी लाउन पाइन–२ १२८
हूरी……हूरी….. १२९
हा हा लिलै लाउने टिकियाँ बैंशै मारी लाउन पाइन १३०
गयो पापी जोवान हो, गयो पापी जोवान १३१
गयो पापी जोवान बैश मारी लाउन पाइन–२ १३२
हूरी……हूरी……. १३३
हा हा कानै लाउने सूनियाँ बैंशै मारी लाउन पाइन १३४
गयो पापी जोवान हो, गयो पापी जोवान १३५
गयो पापी जोवान बैश मारी लाउन पाइन–२ १३६
हूरी……हूरी……. १३७
हा हा कानै लाउने घाँगरी बैंशै मारी लाउन पाइन १३८
गयो पापी जोवान हो, गयो पापी जोवान १३९
गयो पापी जोवान बैश मारी लाउन पाइन–२ १४०
हूरी……हूरी……. १४१
हा हा शिरै लाउने शिरबन्दी बैंशै मारी लाउन पाइन १४२
गयो पापी जोवान हो, गयो पापी जोवान १४३
गयो पापी जोवान बैशै मारी लाउन पाइन–२ १४४
हूरी……हूरी……. १४५
६. हा हा गूराँसको फूल फूल्यो भँवरी रस लिन आ १४६
गूराँसको फूल फूल्यो भँवरी रस लिन आ १४७
रस लिन आ हो रस लिन आ–२ १४८
घूमीघूमी भँवरी रस लिन आ–२ १४९
हूरी…….हूरी…….. १५०
हा हा सून्तलीको फूल फूल्यो भँवरी रस लिन आ १५१
सून्तलीको फूल फूल्यो भँवरी रस लिन आ १५२
रस लिन आ हो रस लिन आ–२ १५३
घूमीघूमी भँवरी रस लिन आ–२ १५४
हूरी…….हूरी…….. १५५
हा हा मिहालको फूल फूल्यो भँवरी रस लिन आ १५६
मिहालको फूल फूल्यो भँवरी रस लिन आ १५७
रस लिन आ हो रस लिन आ–२ १५८
घूमीघूमी भँवरी रस लिन आ–२ १५९
हूरी…….हूरी…….. १६०
७. हा हा शिरै लाउने शिरफूल सीतजीको हातै नलिया १६१
हातै नलिया हो, हातै नलिया हो १६२
शिरैको स्वामीलाई जानै नदिया–२ १६३
हा हा लिलै लाउने टीकियाँ सीतजीको हातै नलिया १६४
हातै नलिया हो, हातै नलिया हो १६५
शिरैको स्वामीलाई जानै नदिया–२ १६६
हा हा कानै लाउने सूनियाँ सीतजीको हातै नलिया १६७
हातै नलिया हो, हातै नलिया हो १६८
शिरैको स्वामीलाई जानै नदिया–२ १६९
हा हा नाकै लाउने बूलाकी सीतजीको हातै नलिया १७०
हातै नलिया हो, हातै नलिया हो १७१
शिरैको स्वामीलाई जानै नदिया–२ १७२
८. सिमलको डाल बसी न्याउली चरी हूरुक्यो –२ १७३
बल मैना हो, बल मैना हो –२ १७४
दोपहरी ढल्क्यो न्याउली चरी हूरुक्यो, बल मैना १७५
चमेलीको डाल बसी न्याउली चरी हूरुक्यो –२ १७६
बल मैना हो, बल मैना हो –२ १७७
दोपहरी ढल्क्यो न्याउली चरी हूरुक्यो, बल मैना १७८
सून्तलीको ढाल बसी न्याउली चरी हूरुक्यो –२ १७९
बल मैना हो, बल मैना हो –२ १८०
दोपहरी ढल्क्यो न्याउली चरी हूरुक्यो, बल मैना १८१
गूराँसको डाल बसी न्याउली चरी हूरुक्यो –२ १८२
बल मैना हो, बल मैना हो –२ १८३
दोपहरी ढल्क्यो न्याउली चरी हूरुक्यो, बल मैना १८४
९. शिरै लाउने शिरफूल १८५
धूने नगर हो, धूने नगर हो १८६
जाम चेली हाँसी मूख रुने नगर १८७
लिलै लाउने टीकियाँ १८८
धूने नगर हो, धूने नगर हो १८९
जाम चेली हांसी मूख रुने नगर १९०
१०. सून्तलीको फूल टिपी डोगियाँ राखन–२ १९१
सलसली तारिदेऊ मां हो –२ १९२
डोगियाँ सलसली तारिदेऊ मां । १९३

केवँराको फूल टिपी डोगियाँ राखन–२ १९४
सलसली तारिदेऊ मां हो –२ १९५
डोगियाँ सलसली तारिदेऊ मां । १९६
बामरीको फूल टिपी डोगियाँ राखन–२ १९७
सलसली तारिदेऊ मां हो –२ १९८
डोगियाँ सलसली तारिदेऊ मां । १९९
११. हा हा राजैको बारीमा केवरा फूल फूलफूल्यो २००
राजैको बारीमा केवरा फूल फूलफूल्यो २०१
हा हा रोजी लाउला हो, टिपी लाउला २०२
रोजी लाउला हो, टिपी लाउला २०३
हो यति राम्रो केशरी फूल रोजी लाउला २०४
हा हो यति राम्रो केशरी फूल रोजी लाउला २०५
हा हा राजैको बारीमा बावरी फूल फूलफूल्यो २०६
राजैको बारीमा बावरी फूल फूलफूल्यो २०७
हा हा रोजी लाउला हो, टिपी लाउला २०८
रोजी लाउला हो, टिपी लाउला २०९
हो यति राम्रो केशरी फूल रोजी लाउला २१०
हा हो यति राम्रो केशरी फूल रोजी लाउला २११
हा हा राजैको बारीमा तारामण्डल फूल फूलफूल्यो २१२
राजैको बारीमा तारामण्डल फूल फूलफूल्यो २१३
हा हा रोजी लाउला हो, टिपी लाउला २१४
रोजी लाउला हो, टिपी लाउला २१५
हो यति राम्रो केशरी फूल रोजी लाउला २१६
हा हो यति राम्रो केशरी फूल रोजी लाउला २१७
हा हा राजैको बारीमा गूराँसको फूल फूल्यो २१८
राजैको बारीमा केवरा फूल फूलफूल्यो २१९
हा हा रोजी लाउला हो, टिपी लाउला २२०
रोजी लाउला हो, टिपी लाउला २२१
हो यति राम्रो केशरी फूल रोजी लाउला २२२
हा हो यति राम्रो केशरी फूल रोजी लाउला २२३
हा हा राजैको बारीमा बाह्रमासे फूल फूल्यो २२४
राजैको बारीमा बाह्रमासे फूल फूलफूल्यो २२५
हा हा रोजी लाउला हो, टिपी लाउला २२६
रोजी लाउला हो, टिपी लाउला २२७
हो यति राम्रो केशरी फूल रोजी लाउला २२८
हा हो यति राम्रो केशरी फूल रोजी लाउला २२९

तस्विर सौ.: साइबर स्याङ्गजा

Loading...