लुकाएर राखेको अवैध काठ बरामद

मुख्य समाचार समाज

सर्लाही, ५ चैत, जिल्ला स्थित उत्तरी चुरे क्षेत्रमा लुकाएर राखिएको सालको गोलिया र चिरान काठ बरामद् भएको छ । ईश्वरपुर नगरपालिका–१२, घारीबथान स्थित वन क्षेत्रमा लुकाएर राखेको अवस्थामा डिभिजन वन कार्यालयको गस्ती टोलीले काठ बरामद् गरेको हो ।

फूलजोर बाबा साझेदारी वन क्षेत्रमा लुकाएर राखेको अवस्थामा ९ थान ठूला गोलिया र ६० थान चिरान काठ बरामद् भएको डिभिजन वन कार्यालयका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । बरामद् ९० दशमलव ३० क्यूफिट काठ थप अनुसन्धानका लागि सेक्टर वन कार्यालय बाँकेमा राखिएको छ ।

जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग तथा चुरे क्षेत्रमा काठ तस्करी बढेको गुनासो व्यापक बनेपछि वन कार्यालयले गस्तीमा तिब्रता दिएको डिभिजन प्रमुख देवले जानकारी दिए । केही समयअघि मात्रै चुरे क्षेत्र स्थित लालबन्दी नगरपालिका–११, सेतीभीर बाहुनी खोलाको किनारमा लुकाएर राखेको अवस्थामा ३ ट्रयाक्टर सालको चिरान काठ बरामद गरेको थियो ।

तस्विर: फायल/सांकेतिक