कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पोखरामा हुने

मुख्य समाचार राजनीति

कास्की, ५ चैत, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । राष्ट्रिय कार्य समितिको तेश्रो सम्मेलन यहि चैत २८ र २९ गते पोखरामा हुने भएको हो ।

सम्मेलन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनलाई सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।

पोखरा सभागृहमा हुने सम्मेलनले पार्टीलाई एक ढिक्का बनाउन दवाब दिने अध्यक्ष पुडासैनीले बताए । पार्टीमा गुट, उपगुट मौलाउँदा कांग्रेस कमजोर भएको बताउँदै उनले भने, ‘सम्मेलनले पार्टीको गुट उपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन दवाब दिन्छ ।’

समितिका उपाध्यक्ष बाबुकृष्ण सापकोटाले पार्टीका कोषाध्यक्ष कार्य समितिमा छायाँमा परेकाले कोषाध्यक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि आवाज बुलन्द गर्न कोषाध्यक्षहरुको सम्मेलन गर्न लागेको बताए ।

नेपाली कांग्रेस कास्कीको ब्यबस्थापनमा हुने सम्मेलनमा सतहत्तरै जिल्लाका कोषाध्यक्षहरुको सहभागिता हुने नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

तस्विर: फायल