बन्दुक र गाँजासहित तीन भारतीय नागरिक पक्राउ

मुख्य समाचार समाज

मकवानपुर, ४ चैत, बन्दुक र गाँजासहित तीन भारतीय र दुई नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार गाँजा एक सय ८५ किलो, भरुवा बन्दुक ३ थान, बारुद र भारतीय कारसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, भागलपुर बस्ने विष्णुकुमार साह, अहमद गुल्जार र बिहारको मोतिहारी पूर्व चम्पारण बस्ने रेणु देवी, मकवानपुरको राक्सिराङ गाउँपालिका ७ का सर्गलाल प्रजा र सोही वडाका चन्द्रबहादुर चेपाङ रहेका छन् ।

भरुवा बन्दुक २ नाल र गाँजा ७८ किलो पाँच सय ग्रामसहित मकवानपुरको राक्सिराङका सर्गलाललाई घरैबाट प्रहरीले शनिबार पक्राउ गरेको हो । भरुवा बन्दुक, ६ वटा बोरा र सानो १ वटा प्लास्टिकको पोकामा गाँजा, एक सय ग्राम बारुद, रोल पटका थान १, सानो ब्याट्री ३ थान र ढुङगाका टुक्रा २५ वटा उनको घरबाट बरामद गरिएको मकवानपुर प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टोलीले प्रजाको २ वटा घरबाट बन्दुक, गाँजा, बारुद, पटका लगायतका पदार्थ बरामद गरेको थियो ।

त्यस्तै, भरुवा बन्दुक र गाँजासहित मकवानपुरको राक्सिराङका चन्द्रबहादुर चेपाङलाई पनि शनिबार प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक एक थान र सात वटा प्लास्टिकका बोराहरूमा गाँजा ६१ किलो पाँच सय ग्रामसहित उनलाई आफ्नै घरबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

Loading...