पारस खड्कालाई १ लाखको सम्मान

खेलकुद मुख्य समाचार

काठमाडौँ, ३ चैत, विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका तीन हजार युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै काठमाडौँका कलेजहरूले मङ्गलबार काठमाडौँ युथ कन्क्लेभ २०१९ को आयोजना गर्ने भएका छन् । काठमाडौँको रिपोर्टर्स क्लबमा आइतबार आयोजित एक कार्यक्रममार्फत सम्मेलन गर्ने जानकारी गराएका हुन् ।

सो सम्मेलनमा कलेजहरूले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद रू. १ लाखसहित सम्मान पनि गर्ने घोषणा गरेका छन् । युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा चैत्र ५ गते कमलादीस्थित प्रज्ञा भवनमा उक्त कार्यक्रम गरिने बताइएको छ ।

युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यता रहने यस कार्यक्रममा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलि, पारस खड्का, युट्युबर सिसन बानियाँ, मिस नेपाल २०१८ श्रृङ्खला खतिवडा, ज्योति ग्रुपका निर्देशक तथा स्याकार टे«डिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, कलाकार सन्दीप क्षेत्री लगायतले युवाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका अन्य आकर्षणमा स्वप्न सुमनका साङ्गीतिक प्रस्तुति, खाना स्टल, गेमजोन तथा विद्यार्थीहरूका अन्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यस भेलामार्पmत् युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने लक्ष्य लिइएको बताइएको छ । यस काठमाडौँ युथ कन्क्लेभ २०१९ को प्रमुख उद्देश्यहरू विद्यार्थीलाई सही दिशानिर्देश गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने, विविध क्षेत्रका सफल व्यक्तित्वबाट जीवनोपयोगी ज्ञान दिने तथा औद्योगिक मागहरूबारे विद्यार्थीहरूलाई परिचित गराउने रहेको पनि उनीहरुले जनाएका छन् ।

Loading...