विप्लव समूहमाथि सरकार आक्रामक, संगठित अपराध गरेकोले प्रतिबन्ध

मुख्य समाचार राजनीति

काठमाडौँ, ३० फागुन, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले संगठित अपराध गरेकोले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको बताएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले प्रचलित कानुन अनुसार नै विप्लब समूह माथि प्रतिबन्ध लगाईएको जानकारी दिए ।

मन्त्री बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारी लगायतका कानून टेकेर विप्लव समूहमाथि प्रतिबन्ध लगाईएको प्रष्ट पारे । त्यसैगरी सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन समेत आग्रह गरेको छ । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

मन्त्री बास्कोटाका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा शसस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । सरकारले ती हतियार बुझाउन ३५ दिनको समय सीमा दिएको छ । यो अवधिमा हतियार बुुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाहा हुने जानकारी समेत मन्त्री बास्कोटाले दिएका छन् ।

Loading...